
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । निषेधाज्ञाको तेस्रो दिन अर्थात शनिबार पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीको टोलीले अनुगमन गरेको छ । निषेधाज्ञाको अवधिमा पनि भिड बढेपछि उक्त टोलीले शनिबार पनि अनुगमन गरेको हो । टोलीले सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गर्दा भीड बढेको निष्कर्ष निकालेको छ ।
आज शनिबार अत्यावश्यक सवारीसाधन फाट्टफुट्ट गुडेका छन् । सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था नखुलेकाले आज नखुलेकाले काठमाडौं उपत्यका अरु दिन भन्दा धेरै सुनसान देखिएको छ । यद्यपि बिहीबार र शुक्रबार भने काठमाडौंका सडकमा भीड देखिएको थियो । त्यसपछि गृह मन्त्रालयले निषेधाज्ञा थप कडा गर्न निर्देशन दिएको थियो । काठमाडौंका सीडीओ पराजुली, काठमाडौंका प्रहरी प्रमुख अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख जनकराज भट्टराईको टोलीले बिहीबार पनि काठमाडौंका विभिन्न ठाउँमा पुगेर अनुगमनसमेत गरेको थियो ।
टोलीले सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाको क्षेत्रलाई अझै कडाइ गर्नुपर्ने देखिएको जनाएको छ । सो विषयमा छलफल हुने सीडीओ पराजुलीले बताएका छन् । सीडीओको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले निषेधाज्ञालाई कडा बनाएका छन् । यता २० गते तीन वटै जिल्लाका सीडीओहरूको बैठक बोलाएर निषेधाज्ञा थप्ने र प्रभावकारी बनाउन केही सेक्टरलाई थप कडाइ गर्ने तयारी भइरहेको पनि पराजुलीले बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्