
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा नेप्से ३.०७ अंकले बढेर २८२३.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको २ करोड ७० लाख ३ हजार २१४ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ९ करोडमाथिको कारोबार भएको छ । जुन कारोबार रकम र परिसूचक हालसम्मकै सबैभन्दा उच्च हो ।
आज सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रि इन्भेष्टमेन्टको भएको छ । यस कम्पनीको १ अर्ब २६ करोड १९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेको इन्स्योरेन्स र नेपाल पुनर्बिमा कम्पनीको भएको छ । आज ५ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । कर्णाली डेभलपमेन्टसहितका १६ कम्पनीको मूल्य सबै भन्दा धेरै बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्