×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक अभावको कारण देखाउँदै शुभतारा स्कुल सधैंका लागि बन्द गर्ने निर्णय !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

आर्थिक अभावको कारण देखाउँदै शुभतारा स्कुल सधैंका लागि बन्द गर्ने निर्णय !

  • अर्थ सरोकार सम्बाददाता
ललितपुर । आर्थिक अभावको कारण देखाउँदै ललितपुरको लामाटारस्थित शुभतारा स्कुल सधैंका लागि बन्द गरिने भएको छ । सम्पूर्ण अभिभावकहरुलाई बिहिबार विद्यालयले इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द गर्न लागिएको जानकारी गराएको हो ।
३६५ जना विद्यार्थीहरु अध्ययनरत विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले गत सोमबार विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी गराएकी थिइन् । अभिभावकहरुले सो विषयमा सहयोग गर्न तयार रहेको बताएका थिए । उनीहरुले विद्यार्थीहरु मारमा पर्ने भन्दै विद्यालय बन्द नगर्न अनुरोध पनि गरेका थिए ।
अनुरोध गर्दा पनि बिहिबार राति विद्यालयबाट बन्द गर्ने इमेल आएको विधार्थीका अभिभावक बताउँछन् । यता अभिभावकले विधालय आर्थिक संकट भन्दा पनि मनसाय नै बन्द गर्ने रहेको बताएका छन् । अभिभावकले १२ महिनाको बस र खाजाकोबाहेक सबै शुल्क विद्यालयले लिइसकेको एक अभिभावकले बताए ।
यस्तै विद्यालयले अभिभावकलाई इमाडोलमा रहेको न्यू मिलिनियम विद्यालयमा पढाउन आग्रह गरेको छ । आफुहरुले आर्थिक संकटले गर्दा संचालन गर्न नसक्दा सो विद्यालयसँग मर्जमा जाने सम्झौता भएको इमेलमा पठाईएको हो । शुभतारा स्कुलमा अहिले एक कक्षादेखि १० कक्षासम्म पढाई हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: