×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना भाइरस नियन्त्रणका लागि सिद्धार्थ बैंक लिमिटेडले दियो १ करोड ४ लाख रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिद्धार्थ बैंकले कोरोना भाइरस (कोभिड १९) को रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले सरकारलाई  (बैशाख २९ गते) बुधबार साे मात्राकाे सहयाेग हस्तान्तरण गरेकाे हाे ।
बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो । हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै, बैंकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रविधि मैत्री डिजिटल माध्यमबाटपनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ । बैंकले आफ्ना ग्राहकलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पुर्याइदिन आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: