×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले अक्सिजन उत्पादकलाई आधारदरमै कर्जा दिने, संचालनमा ल्यायो सहुलियतपूर्ण विशेष कर्जा सुविधा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंकले अक्सिजन उत्पादकलाई आधारदरमै कर्जा दिने, संचालनमा ल्यायो सहुलियतपूर्ण विशेष कर्जा सुविधा

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै सिद्धार्थ बैंकले अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको छ । बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता विस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी यो कर्जा सुविधा ल्याएको हो ।
यस कर्जा सुविधामा बैंकको आधार दरमा कर्जा प्रदान गरिनुकाे साथै संस्थाको नगद प्रवाहको आधारमा कर्जाको भुक्तानी गरिनेछ । यस्तै यस कर्जा सुविधामा अन्य कुनैपनि शुल्क नलाग्ने र उच्च प्राथमिकतामा साथ कर्जा प्रोसेसिङ्ग गरिने बैंकले जानकारी दिएकाे छ । यसरी प्रदान गरिएको कर्जामा नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैंकले निर्दिस्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरुप हुने बैंकले जनाएकाे छ ।
सिमित अवधिका लागि ल्याईएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पुर्याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यस आ.व. मात्र कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ४ लाख प्रदेश तथा स्थानिय सरकारलाई प्रदान समेत गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: