
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने जेठ १३ गते बिहीबार (आज)अन्तिम दिन रहेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस्तैगरी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्ने भएको छ । जसकारण जेठ १३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १९औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा जेठ २८ गते शुक्रबार भचुर्अल माध्यमबाट हुने भएको छ । उक्त सभाले सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यता लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा भने जेठ २७ गते बिहीबार भचुर्अल माध्यमबाट हुने भएको छ । कम्पनीको उक्त सभाले सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्