
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
यस बैंकमा कर्मचारी संचय कोषलगायत बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र व्यवसायिक व्यक्तित्वहरुको संचालक समिति रहेको छ । बैंकले न्युनतम व्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निः शुल्क ABBS, सि-आस्वा, आइपिएस, इसिसी, मोबाइल बैंकिङ, मर्चेन्ट पेमेन्ट फैसिलिटी (क्यूआर कोड) लगायत सम्पुर्ण सघन बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंकले प्रधान कार्यालय, बाह्रविसे तथा बनेपा स्थित कर्पोरेट तथा शाखा कार्यालयहरु मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकास चोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा र ठोकर्पा गरी कुल २३ शाखा तथा सुकेटे र सिलढुङ्गामा सिमित बैंकिङ ईकाई कार्यालय सहित कूल २५ स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्