×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार, विजेताले १२ करोड नेपाली रुपँया बराबरको पुरस्कार पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार, विजेताले १२ करोड नेपाली रुपँया बराबरको पुरस्कार पाउने

५ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्ट अप हब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वर्ल्ड कप नेपाल भित्र्याएको हो । 
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भइसकेका स्टार्टहब नेपालले जनाएको छ । १० जना मध्ये उत्कृष्ट एकजनालाई आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर मिल्नेछ । स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रुपमा राष्ट्रिय युबा परिषद रहेको छ । अन्य सह–आयोजकहरुमा क्यान फेडेरेशन नेपाल, आइसिटी एशोसियसन नेपाल, सिएसआईटी एशोसियसन नेपाल र रोबोटिक एशोसियसन नेपाल रहेका छन् ।
नेपालका उत्कृष्ट १० स्टार्टअपहरुमा कुल थर्मल ईनजी, स्याटेलाईट स्टार्टअप, ईन्नेभेटिभ अटोमोबाईल लगाएत रहेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१२ करोड नेपाली रुपँया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: