×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोत्तम सिमेन्ट लिमिटेडद्वारा सुनवलस्थित अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सर्वोत्तम सिमेन्ट लिमिटेडद्वारा सुनवलस्थित अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

Artha Sarokar

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व तर्फको प्रतिबद्धता पूरा गर्दै सुनवल नगरपालिकास्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । २६ गतेका दिन भएको एक कार्यक्रममा कम्पनीका तर्फबाट नारायण प्रसाद पाण्डेयले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तानतरण गरेका हुन् । 
कम्पनीले १० सेट बेड, इ.सी.जी. मेशिन तथा १० थान अक्सीजन फ्लोमिटर लगायत आई.सी.यू. कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु प्रदान गरेको हो । अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरुले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पु¥याउने विश्वास कम्पनीले लिएको छ । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । 
आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।
यसैगरी, उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले अब आप्mनो उद्योेगको उत्पादन क्षमता २५,००० बोरा प्रति दिन बाट बढाई ६०,००० बोरा बनाएको छ । साथै देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी