×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्स खुद नाफामा ५५.८८% को बढोत्तरी, जीवन बिमा कोषमा पनि ५०.८०% को सुधार ! (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK

सूर्या लाइफ इन्स्योरेन्स खुद नाफामा ५५.८८% को बढोत्तरी, जीवन बिमा कोषमा पनि ५०.८०% को सुधार ! (विवरणसहित)

Artha Sarokar

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सले २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ५५.८८% ले बढी हो । गत वर्ष कम्पनीले १८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ १५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।  यस्तै रिजर्भ कोष ३४.७१% र जीवन बिमा कोषमा पनि ५०.८०% ले सुधार भएको छ । यता खुद बिमा शुल्क पनि ८२.५४% ले बढेर ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी