×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

थुनामा रहेकी राष्ट्र बैंककि निर्देशक सुष्माको स्वास्थ्य अवस्था गम्भीर, क्यान्सरमाथि कोरोना संक्रमणको त्रास… !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सम्पत्ति लिएर आफ्नै आमालाई नहेरेको आरोपमा अहिले पुर्पक्षका लागि थुनामा रहेकी नेपाल राष्ट्र बैंककि निर्देशक सुष्मा रेग्मीको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ । हाल क्यान्सरको समेत उपचार गराईरहेकी सुष्माको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रिरहेको र त्यसमाथि कोरोनाको समेत त्रास फैलिएको भन्दै परिवारले किमोसमेत प्रहरीकै निगरानीमा गर्नुपर्ने अवस्था रहेकाले परिवारले भनेको ठाउँमा उपचार गराईदिने पहल गर्न आग्रह गरेका छन् । अर्थ सरोकार डटकमले सार्वजनिक गरेको सुष्मा रेग्मीकि आमाको अन्तर्वार्तासहितको विशेष कार्यक्रम हेरेपछि अर्थ सरोकारको सम्पर्कमा आएका परिवार स्रोतले सुष्मा रेग्मीको स्वास्थ्य निकै बिग्रिएको जानकारी दिएका हुन् । सुष्मा स्तन क्यान्सरमा ग्रसित छिन् । कोरोनासँग लडिरहेको अवस्थामा कोरोनाको थप त्रासले समस्या पारेको पारिवारिक स्रोतको दाबी छ ।
‘गत चैत २४ गते प्रहरीले सुष्मा रेग्मीलाई पक्राउ गर्यो । त्यसको केहि दिनपछी सुष्माका श्रीमान् कमलप्रसाद रेग्मीलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवैजना थुनामा परेपछि घरमा बाल-बच्चाको बिचल्ली भएको छ ।’ अर्थ सरोकारको सम्पर्कमा आएको पारिवारिक स्रोतले भन्यो- ‘ती बाल बच्चाको पनि त अधिकार होला । स्वास्थ्य उपचार गराउन पाउनुपर्ने पनि त सुष्माको अधिकार होला । तर सबै कुराबाट बन्चित गरिएको छ । अहिले घरमा बालबच्चाहरुको विचल्ली भएको छ भने थुनामा सुष्माको स्वास्थ्यस्थिति पनि बिग्रिदै गएको छ ।
परिवार स्रोतका अनुसार क्यान्सरको गम्भिर विरामी रहेकी सुष्मा र उनका पतिलाई अहिले पनि कारागारमै राखिएको छ । दुई पटक किमो चढाएकी सुष्माको रोगकै कारण कपाल खुईलिएको छ भने अनुहार कालो भईसकेको छ। तर पनि उनले चाहे अनुसारको उपचार पनि गराउन पाएकी छैनन् । प्रहरीको निगरानीमा सामान्य उपचार भएपनि आफुले चाहेर अनुसार उपचार गराउनु पर्ने समयमा जेलमा वस्नु पर्ने नियति सुष्मामाथि आईलागेको छ । 
सुष्माका वकिल भन्छन् – ‘कानुनको अपव्याख्या गरेर सुष्मालाई थुनामा पुर्याईयो’
यता सुष्माका तर्फबाट मुद्धा हेरिरहेका सुष्माका कानुन व्यवसायी शान्तकुमार बासकोटाले भने कानुन हेर्ने भन्दा पनि बढी मिडियाबाजी गरेर सुष्मालाई फसाइएको दाबी गरेका छन् । ‘जेष्ट नागरिक ऐन विशेषगरी बृद्धबृद्धाहरुको सम्पत्ति बदनियत चिताएर खाइदिने संघसंस्थाहरुको हकमा लाग्ने कानुन हो । तर यो घरभित्रको कुरालाई पनि कानुनको अपव्याख्या गरेर सुष्मालाई दुख दिने काम भएको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बास्कोटाले भने, ‘हामीले उच्च अदालतमा निवेदन दिइसकेका छौं । यो लकडाउनका कारण अदालतको कामकारवाही प्रभावित भएको छ । छिट्टै नै आदेश आउनेमा हामी ढुक्क छौं ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: