×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ को दोश्रो लहरको कारण नेपाल सरकारले देशको विभिन्न स्थानमा गरेको निशेधाज्ञाले हाल सदस्यहरुले गर्दै आएका व्यवसायहरु प्रभावित हुँदा आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई १४० वटा शाखा कार्यालयबाट खाद्य समाग्री राहत स्वरुप उपलब्ध गराउने क्रम जारी राखेको छ ।
वित्तीय संस्थाका सबै शाखा/उपशाखा कार्यालयले न्यून आय भएका र हालको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका सदस्यहरुलाई उनीहरुको घरदैलोमा राहत उपलब्ध गराउने योजना अनुरुप संस्थाका विभिन्न शाखा कार्यालयहरुले दैनिक रुपमा खाद्य सामग्री चामल, दाल, नुन र तेल उपलब्ध गराउने अभियान जारी राखेको छ । यसका अतिरिक्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध ग्राहक सदस्यहरुलाई कोभिड–१९ पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको जनाएको छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५१ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।
वित्तीय संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु.१ करोड ५७ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको थियो । यसैगरी, सात वटै प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई रु.१० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो । वित्तीय संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: