Skip to content
LAXMI SUNRISE BANK

प्रारम्भिक बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो #NepalBudget

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ  । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ बजेट सार्वजनिक गर्दै यस्तो जानरकी दिएका हुन् ।
‘प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्यूनतम मासिक पारश्रमिक उपलब्ध गराइने छ । नेपाल सरकारले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा बृद्धि गरी ८ हजार पुर्‍याएको छुँ । न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था मिलाइनेछ ।’ उनले भने ।   
प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक १५ हजार बनाउनका लागि ५ अर्ब ५५ करोड विनियोजन गरिएको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK