Skip to content
LAXMI SUNRISE BANK

अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने ५ ट्याक्टर प्रहरीको नियन्त्रणमा, तिरे ४० हजार जरिवाना

अर्थ सरोकार

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले निषेधित समयमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने पाँच ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धित पालिकामा पठाएकामा ४० हजार जरिवाना तिरेर छुटेका छन् । जिल्लाको विभिन्न स्थान र मितिमा अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गर्ने सवारी साधानले पालिकाले तोकेअनुरुपको जरिवाना बुझाएर छुटेका हुन् । नदीजन्य वस्तु उत्खनन् गरी ओसारपसार तथा ओसार्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई सम्बन्धित पालिकामा पठाएकामा जरिवाना तिराएर छाडेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो ।
त्यसैगरी व्यास नगरपालिका-१० दुम्सीस्थित मादी नदी बगरबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नगरपालिका-७ दुलेपानी स्थितमा रहेको झोलुङ्गे पुलमाथी अवैध रुपमा ढुङ्गा राख्दै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरी चौकी कलेस्तीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि व्यास नगरपालिकाको कार्यालयमा बुझाएकामा उक्त कार्यालयबाट आठ हजारका दरले १६ हजार जरिवाना गरि छाडेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । निषेधित समयको मौका छोपी नदीजन्य पदार्थ उत्खनन हुने गरेकाले सम्भावित क्षेत्रहरुमा प्रहरीले निगरानी बढाउन थालेको उहाँले जानकारी दिनुभयो । रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK