
तनहुँ । व्यासनगरपालिकाले वडा नं १० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र भवनलाई पिसिआर परीक्षण प्रयोगशाला बनाउनका लागि १२ लाख ५० हजार सङ्कलन भएको जनाएको छ । पिसिआर परीक्षण प्रयोगशालाका लागि अस्थायी संरचना निर्माण गर्नुपर्ने भएकाले व्यासका केही जनप्रतिनिधिले एक महिना बराबरको सुविधा रकम सहयोग गर्दा उक्त रकम सङ्कलन भएको हो । करिब एक महिनाभित्र सेवा प्रदान गर्ने गरी छिट्टै बोलपत्र आह्वान गर्ने योजना रहेको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । एक हप्ताको बोलपत्र आह्वानपश्चात् भौतिक संरचना निर्माण अघि बढाइने छ । उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित जिल्लाका निवर्तमान सांसदबाट समेत आर्थिक सहयोगका लागि आश्वसन पाएका छौँ ।’
उक्त अभियानमा नगरपालिका मातहतका चौधवटै वडाका जनप्रतिनिधिलाई एक महिना बराबरको सुविधा सहयोग गर्न अनुरोध गरिएको छ । जिल्लामा पिसिआर परीक्षण प्रयोगशाला नहुँदा गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँदा रिपोर्ट आउन एक हप्ताभन्दा बढी समय लाग्ने भएपछि छिटो सेवा दिन जिल्लामै पिसिआर परीक्षणको व्यवस्था गर्न लागिएको हो । केही दिनअघि नपा कार्यालयमा बसेको अन्तरपालिका बैठकले समेत जिल्लामै पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्नुपर्ने निर्णय गरेको थियो । व्यास-४ स्थित सिर्जनशील दिदीबहिनी समूहले प्रयोगशाला निर्माणका लागि ५० हजार पाँच सहयोग गरेको छ ।
प्रयोगशाला निर्माणका लागि सम्पूर्ण कर्मचारी, शिक्षक एवं अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थालगायत उद्योगी व्यवसायीलाई सहयोगका लागि अनुरोध गरिएको नपाले जनाएको छ । उक्त आधारभूत स्वास्थ्य केन्द्र परिसरमा रहेको करिब १० रोपनी सार्वजनिक जग्गा प्रयोगमा ल्याई अस्थायी संरचना निर्माण गर्ने योजना रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । उक्त स्थानमा कम्तीमा ५० शैयाको आइसोलेशनलगायतका संरचना निर्माण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्