×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कल्याणकारी कोषमा पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोगको लागि आग्रह

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

कल्याणकारी कोषमा पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोगको लागि आग्रह

तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गर्न लागेको कल्याणकारी कोषमा सहयोग जुट्न थालेको छ । शाखाले कल्याणकारी कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोगका लागि आग्रह गरेपछि सहयोग जुट्न थालेको हो । शनिबार भर्चुअल माध्यमबाट सम्पन्न शाखाको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
भानु नगरपालिका-९ पुर्कोटका समाजसेवी, प्रभु बैंकका पूर्वसञ्चालक, प्रभु लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष तथा आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका श्रीराम पाण्डेले कोषमा २० हजार सहयोग गर्नुभएको शाखाका अध्यक्ष उज्ज्वल पौडेलले बताउनुभयो ।
त्यसैगरी व्यास-१ गल्बुबेँसी निवासी प्रदीप न्यौपानेले आर्थिक सहयोग गर्नुभएको छ । न्यौपानेले २ हजार ५११ रुपैयाँ गर्नुभएको हो । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील न्यौपाने पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक, सहयोगी संस्था र व्यक्तिलाई कोषमा आर्थिक सङ्कलन गर्ने निर्णय गरिएको महासङ्घ तनहुँ शाखाका उपाध्यक्ष डिपी अधिकारीले बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: