
ताप्लेजुङ । फुङलिङ नगरपालिका-४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब १५ लाखको क्षति भएको गुरुङले जानकारी दिनुभयो ।
बिजुली जडान नगरिएको निर्माणाधीन पक्की भवनमा रहेको गोदाममा कसरी आगलागी भयो भन्ने खुलेको छैन । आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल र प्रहरीको टोली पुगेको थियो । आगो लागेको निकै समयपछि मात्र थाहा भएकाले कुनै पनि सामान निकाल्न नपाइएको गुरुङले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्