×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरकारी तथा फलफुलको मूल्य घट्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तरकारी तथा फलफुलको मूल्य घट्यो !

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दैनिक उपभोग्य तरकारीको मूल्य घटेको छ । निषेधाज्ञाका कारण सबैखाले तरकारीको खपत कम भएपछि मूल्य घटेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले  तरकारी खपत २५% देखि ५० प्रतिशतसम्मले घटेको छ ।  
बजारमा तरकारीको आपूर्ति सहजै भइरहेको र उपभोक्ताले कम खरिद गरेकाले तरकारीको मूल्य घटेको हो । समितिका अनुसार तरकारी उत्पादन हुने मौसम अहिले भएकोले पनि मूल्य घटेको छ । यस्तै बजारमा तरकारी ढुवानी गर्ने गाडीहरुको आगमन पनि कम भएको छ । 
कालीमाटी बजारमा निषेधाज्ञा जारी भएपछी ५४ लाख ८ हजार केजी तरकारी भित्रिएको तथ्यांकमा उल्लेख  छ । जसमा ६ लाख केजी फलफूल, ३ लाख ६३ केजी स्पाइसेस, ७३ हजार केजी माछा भित्रिएको छ । यता निषेधाज्ञाका कारण फलफूलको मूल्यमा पनि गिरावट आएको छ । 
कलकत्ते आँपको मूल्य प्रतिकेजी १३५ रहेकोमा अहिले १२५ रुपैयाँ रहेको छ । यस्तै स्याउ फुजी र अनारको मूल्यको मूल्य यथावत रहेको छ भने गत केराको मूल्य ९५ रुपैयाँमा सिमित भएको छ । अंगुर २१० रुपैयाँ, हरियो तरबुजा ३६ रुपैयाँ कायम भएको छ । निषेधाज्ञा जारी भएपछी ६४ लाख ५० हजारभन्दा बढी फलफूल तथा तरकारी भित्रिएको तथ्यांकमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: