
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचारपछि कोरोना जितेर घर फर्कने क्रममा स्वास्थ्यकर्मीसँग गाउँपालिका–३ का ८९ वर्षीय केशव सुवेदीदेखि बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटो खण्डमा सडक कालोपत्रे गर्न बिटुमिन बिछ्याईदैसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचारपछि कोरोना जितेर घर फर्कने क्रममा स्वास्थ्यकर्मीसँग गाउँपालिका–३ का ८९ वर्षीय केशव सुवेदी । आत्मबल र अस्पतालको राम्रो उपचारले आफूले कोरोना जितेको बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटो खण्डमा सडक कालोपत्रे गर्न बिटुमिन बिछ्याउँदै । गलेश्वरदेखि बगेखोलाखण्डको सडक कालोपत्रे गर्न सुरु गरिइएको छ ।

जिल्ला अस्पताल बैतडीमा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी । पछिल्लो समय यहाँ कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

कोभिड—१९ को सङ्क्रमण बढेर ताप्लेजुङ अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि १७ वटा अक्सिजनको सिलिण्डर अस्पताललाई प्रदान गर्दै उद्योग बाणिज्य संघ ताप्लेजुङ ।

पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित उर्वर खेतीयोग्य बेझाडखेतमा धमाधम बस्ती बढ्दै । अन्न भण्डार उत्पादनभूमि अहिले घरले भरिँदै गएका छन् ।

तनहुँको आँबुखैरेनी नगरपालिका–३ मा कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका सङ्क्रमितसँग भेटेर स्वास्थ्य अवस्था बुझ्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा । सङ्क्रमितको हौसला बढाउन गाउँपालिकाले यो अभियान गरेको हो ।

कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित विरामीलाई अस्पताल लैजान सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालनमा ल्याएको कोभिड एम्बुलेन्स हस्तान्तरण गर्दै नगरपालिकाका प्रमुख वासुदेव थापा ।

बारेकोट गाउपालिका–१, कोटेली घर भई हाल जाजरकोट सदरमुकाममा व्यवसाय गदै आएका धीरेन्द्र पुनले बारेकोट गाउँपालिकालाई चार थान अक्सिजन सिलिण्डर सहयोग गर्दै ।

स्याङ्जाको वालिङ नगरपालिका–१४, कपासे गाउँमा कोरोनाको लक्षण देखिएका बिरामीको गाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्दै वालिङ नगरपालिकाका स्वास्थ्यकर्मी ।

दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ का स्थानीयको घरमै गएर सङ्क्रमितको अवस्था बुझ्दै वडाध्यक्ष रवी बुढाथोकीसहित डाक्टर टोली ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्