×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा १५.१४% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनियन हाइड्रोपावरद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा १५.१४% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

२६ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनियन हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८९ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५.१४% धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ७७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । 
कम्पनीले चैत मसान्तसम्ममा विद्युत बिक्रीबाट हुने आम्दानी पनि १.२२% ले बढाएको छ । यस्तै अन्य श्रोतबाट गर्ने आम्दानी पनि ८४ हजार ६०७ रुपैयाँबाट बढाएर ७ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ १० पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: