
- अर्थ सरोकार सम्बाददाता
बाँके । बाँकेको कोहलपुरस्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा सुचिकृत भएको छ । स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त र १९२ मानकहरु यस वित्तीय संस्थाले पूर्ण रुपमा पालना गरेको भनी स्मार्ट सर्टिफिकेट (प्रमाणपत्र) बाट सम्मानित भएको हो । यसबाट युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेका विश्वका उत्कृष्ट संंस्थाहरुको सूचीमा सुचिकृत भएकोले विश्वमा नै एक गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने अव्वल वित्तीय संस्थाको रुपमा पहिचान कायम भएको छ ।
स्मार्ट क्याम्पियन अन्तर्राष्ट्रियस्तरको सर्टिफिकेट (प्रमाणपत्र) हो । यसले ग्राहक संरक्षणका विश्वव्यापी सिद्धान्तलाई जोड दिएको हुन्छ । विशेषगरि यसले सेवाग्राही सदस्यहरुलाई अधिक कर्जा भार हुनबाट बचाउने, वित्तीय सेवा निर्माण, परिमार्जन तथा वितरणमा उपयुक्त र प्रभावकारी प्रक्रिया अवलम्बन गर्ने, सेवाको मूल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, वित्तीय सेवा प्रवाह गर्दा लाग्ने शुल्क तथा मूल्य बारे पारदर्शिता कायम गर्ने, सदस्यहरुसँग सम्मानजनक व्यवहार गर्ने, सदस्यहरुका तथ्याङ्क तथा सूचनाहरु गोप्य राख्ने र सदस्यहरुको गुनासो सुनुवाई संयन्त्र चुस्त र दुरुस्त बनाउने कुरामा जोड दिन्छ । यी सबै सिद्धान्तहरु युनिक वित्तीय संस्थाले पूरा गरेको स्मार्ट क्याम्पियनको ठहर रहेको छ । सेवाग्राही सदस्यहरुलाई बिना कुनै क्षति वा हानी नोक्सानी नपु¥याई सेवा प्रवाह गर्नु पर्दछ भन्ने स्मार्ट क्याम्पेनको मुख्य मान्यता रहेको छ ।
सदस्य सुरक्षणकालागि यसरी विभुषित हुनेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था नेपालको पहिलो वित्तीय संस्था बनेको छ । यस प्रमाणपत्रको समयावधि ४ वर्षको रहनेछ । ४ वर्षपछि पुनः यस सर्टिफिकेसन कायम राख्नको लागि वित्तीय संस्थाले उक्त सात सिद्धान्तलाई पालना गरे नगरेको प्रमाणिकरण गराउनु पर्दछ । अन्तर्राष्ट्रियस्तरको स्मार्ट सर्टिफिकेट प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै यस वित्तीय संस्थाका कार्यकारी निर्देशक डा.गोपाल दहितले यो नेपालको लघुवित्त इन्डष्ट्रीकै लागि एउटा ठूलो उपलब्धी भएको बताएका छन् । उहाँले ‘स्मार्ट सर्टिफिकेट पाउँदा हामीमा थप जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया पनि दिएका छन् ।
युनिक वित्तीय संस्थाले सन् २०१५ सालदेखि सदस्य सुरक्षणमा स्मार्ट सर्टिफिकेट पाउनको लागि निरन्तर प्रयास गर्दै आइरहेको थियो । यो ऐतिहासिक सफलता प्राप्त गर्न सहयोग गर्नुहुने सक्षम च्यालेन्ज फण्ड, गुड रिटर्न र एमक्रिल संस्थाप्रति युनिक परिवार हृदयदेखि आभार प्रकट गर्दै आगामि दिनमा ग्राहक संरक्षणको ७ सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्ने दृढ अठोटका साथ अगाडि बढ्ने वित्तीय संस्थाको कार्य योजना रहेको कुरा कार्यकारी निर्देशक डा. दहितले जानकारी दिए ।
स्मार्ट क्याम्पेनले विश्वका सबै मानिसहरुलाई वित्तीय सेवाहरु उपभोग गर्न र अर्थ व्यवस्थामा भाग लिई आफ्नो जीवनस्तरमा सुधार गर्न सक्षम बनाउने उद्येश्यले विश्वभरका कम आय भएका व्यक्तिहरुकोलागि समावेशी वित्तीय प्रणालीलाई अगाडी बढाउन कडा अनुसन्धान र वकालत गर्ने गर्दछ । हाल सम्ममा विश्वका ४० देशका १३५ वटा वित्तीय संस्थाहरु मात्र यस स्मार्ट सर्टिफिकेट प्राप्त गर्न सफल भएका छन् । स्मार्ट क्याम्पेनको मुख्य कार्यालय अमेरिकाको वासिंगटन डिसीमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्