×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावर कम्पनी नोक्सानमा, सार्वजनिक गर्यो यस्तो वित्तीय विवरण…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनिभर्सल पावर कम्पनी नोक्सानमा, सार्वजनिक गर्यो यस्तो वित्तीय विवरण…

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनिभर्सल पावर कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास कम्पनीको नाफा ५६.५७% ले घटेर १ करोड ८४ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी घटेसँगै नाफा खुम्चिएको हो । 
कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी घटेर २ करोड ८१ लाख रुपैयाँमा झरेको छ । युनिभर्सल पावरले अझै विद्युत उत्पादन गर्न सकेको छैन । कम्पनीको हालसम्म निर्माण कार्य ९८% सम्पन्न गरिसकेको जनाएको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ९२ लाख रुपैयाँ छ । 
चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ६८ पैसा रहेको छ । यसले दोलखा जिल्लामा अवस्थित खारे खोलामा निर्माण गरिरहेको ११ मेगावाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: