×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब उपत्यकामा विवाह, ब्रतबन्ध पार्टी प्यालेसमा गर्न नपाइने, जेठ १३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अब उपत्यकामा विवाह, ब्रतबन्ध पार्टी प्यालेसमा गर्न नपाइने, जेठ १३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी (भिडियो)

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राती १२ बजेसम्मका लागि लम्ब्याईएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान खरिदका लागि ९ बजे सम्मको समय तोकिएकोमा १ घण्टा बढाएर १० बजेसम्म पुर्याईएको छ । तर यो समयमा किनमेल गर्ने र सम्बन्धीत व्यवसायीले स्वास्थ्य सर्तकताका कामदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । स्वास्थ्य मापदण्ड प्रयोग भए/नभएको अनुगमन गरिने छ । अब विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाईने छैन ।
पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा रोक लगाईएको छ । घरमा नै अत्यन्तै न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरि गर्ने काममा भने रोक लगाईने छैन । यसअघि पहिलो चरणमा बैशाख १६ देखि २२ गते सम्म र दोश्रो चरणमा बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना भए नभएको, मास्क प्रयोग र अनावश्यक हिडडुल गर्नेहरुमाथि कडा अनुगमन गरिने र मास्क नलगाउने प्रति जरिवाना गर्ने, अत्यावश्यक काम बाहेक हिडडुल गर्नेलाई होल्डीङमा राखिने बताउनुभयो ।
खाद्यान्न, अत्यावश्यक वस्तु, औषधी लगायतले पास को आधारमा र पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गरिने छ । मृत्यु संस्कार र विरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाईएको पनि उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: