×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल क्लियरिङ हाउसले ल्यायो ‘इन्स्योरेन्स प्रिमियम भुक्तानीमा ७ मा ७ अफर’ योजना, विजेताले यस्तो उपहार पाउने

LAXMI SUNRISE BANK

नेपाल क्लियरिङ हाउसले ल्यायो ‘इन्स्योरेन्स प्रिमियम भुक्तानीमा ७ मा ७ अफर’ योजना, विजेताले यस्तो उपहार पाउने

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानीको ७ मा ७ अफर’ ल्याएको छ। नयाँ अफर अन्तर्गत कनेक्ट आईपीएसमार्फत जीवन बीमाको बीमाशुल्क भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताहरुले प्रत्येक ७ दिन ७ जनाले रु एक हजारसम्मको प्रिमियम रकम फिर्ता पाउनेछन् । 
यस्तै एकजना भाग्यशालीले बीमाशुल्क भुक्तानी बराबरको पूरा वा अधिकतम २५ हजार रुपैयाँ सम्मको रकम फिर्ता प्राप्त गर्नेछ ।
यस योजना जेठ १३ गतेदेखि ७ हप्तासम्म अर्थात असार ३० गतेसम्म लागू हुनेछ। यो अफर केनेक्ट आईपीएसवेभ, मोबाइल एप (वित्तीय कारोबार ट्याबाट सुरु गरिएको) छ । क्लियरिङ हाउसको आधिकारिक पेजबाट साताको प्रत्येक बिहिबार विजेता घोषणा गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी