×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले भन्यो – ‘५० बढी कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डले भन्यो – ‘५० बढी कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो’

Artha Sarokar

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५० भन्दा बढी कम्पनीको सेयर मुल्यमा चलखेल भएको निष्कर्ष निकालेको छ । बोर्डले २७ गतेसम्ममा कारोबार भएका ५० बढी कम्पनीको सेयर मूल्य अस्वाभिक वृद्धि गरी चलखेल भएको निष्कर्ष निकालेको हो । 
हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्सहरुको सेयर मूल्यमा चलखेल भएको बोर्डको भनाई छ । यसो त पछिल्लो समयमा धेरै कम्पनीले सकारात्मक सर्किट हानिरहेका थिए । कर्नरिङको आशंकामा धितोपत्र बोर्ड कमिटी नै गठन गरी अध्ययन सुरु गरेको थियो । कमिटीले एक लेबलको अध्ययन प्रतिवेदन सकाएर अर्थमन्त्रालय पेश गरिएको बोर्डले जनाएको छ । 
बोर्डले थप अध्ययन क्रम जारी नै रहेको पनि जनाएको छ । कारवाहीको पक्ष पूर्णरुपमा अध्ययन सकिएपछि हुनेछ ।अस्वाभिक मूल्य वृद्धि भएका कम्पनीहरुको नाम पनि सार्वजनिक गर्ने तयारीमा बोर्ड रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी