×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने, प्रस्ताव पारित गर्न आज साधारणसभा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने, प्रस्ताव पारित गर्न आज साधारणसभा

२३ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  सानिमा लाईफ इन्स्योरेन्सको आइपीओ निष्काशनको प्रस्ताव पारित गर्न आज आइतबार तेस्रो वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको प्रधान कार्यालय कमलादीमा भर्चुअल माध्यमबाटबिहान ११ बजे सभा बस्ने भएको हो । 
सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।
यस्तै सभाले आर्थिक वर्ष २०७५/२०७६ लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब तथा हिसाव नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने सामान्य प्रस्ताव पेश हुँदैछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: