
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । टिएमएसको एउटा लुपहोलको फाइदा उठाउने माफियाहरुको धन्दा अन्तत: सुक्ने भएको छ । धितोपत्र बोर्डले नेप्सेको टिएमएसमा रहेको (एओएन-AON) सुविधा हटाउन नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेपछी माफियाहरुको धन्दा सुक्ने भएको हो । एओएनको सुविधाको दुरुपयोग गर्दै लगानीकर्ताहरुलाई भ्रममा पार्ने काम भएको भन्दै चौतर्फी धितोपत्र बोर्डको आलोचना हुँदै आएको थियो।
ठूला लगानीकर्ताहरुले एओएनभित्र गएर खरीद तथा बिक्रीतर्फ एकैपटक ठूलो परिमाणको सेयर कित्ता राखेर सेयरको कृतिम भाउ बढाउने काम गरिरहेका थिए । पछिल्लो समय गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सेयरमूल्य पनि यहि कारण बढेको विश्लेषण गरिएको थियो। अन्तत: बोर्डले पनि यहि निष्कर्ष निकालेको छ ।
अव यो सुविधा हटेसँगैठूला लगानीकर्ताले पनि सर्वसाधारणले झै कारोबार गर्नुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्