
काठमाडौँ । धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको नाम जोखिमपूर्ण सार्वजनिक भएपछी चौतर्फी रुपमा धितोपत्र बोर्डको कामलाई बोर्डको ‘दुष्कर्म’को उपमा आइरहेका बेला अर्थ मन्त्रालयले सेयर बजारको स्वतन्त्रतामाथि हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण रहेको बताएको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै मन्त्रालयका प्रवक्ता महेश आचार्यले पूँजीबजारको स्वतन्त्रतामाथि हस्तक्षेप हुनेगरी कुनै पनि काम गर्न वा कसैले गराउन नहुने बताएका हुन् ।
‘पूँजी बजारको स्वतन्त्रतामाथि हस्तक्षेप गर्नेगरी कसैले काम गर्नु वा गराउनु दुर्भाग्यपूर्ण काम हो । यस्तो काम कसैले पनि गर्नु हुँदैन ।’ उनले भने । साथै उनले धितोपत्र बोर्डले गरेका काम कारवाही र समग्र बजारमा उत्पन्न कुराहरुलाई नजिकबाट निलालीरहेको समेत प्रष्ट पारे । ‘अर्थमन्त्रीज्युले पनि नेपालको पूँजी बजारलाई प्राथमिकतामा राख्नुभएको छ । उहाँले बजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि गतिविधि नगर्न यसअघि नै बताईसक्नुभएको छ । यो कुरामा सम्बन्धित सबै पक्षले काम गर्नुपर्छ ।’ उनले भने ।
नियामकले लगानीकर्ताको लगानीको सुरक्षित हुने गरी नियमनकारी भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्