×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सिभिल बैंकको एटिएम सेवा ३ दिन बन्द हुने, यस्तो छ कारण

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिभिल बैंकको एटिएम सेवा तीन दिनका लागि बन्द हुने भएको छ । बैंकले सूचना जारी गर्दै एटिएम स्विच अपग्रेड गर्न लागेकोले ३ दिन एटिएम सेवा बन्द हुने जनाएको हो । १६ गते साँझ ५:०० बजेदेखि १८ गते बिहान ५:०० बजेसम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने जनाएको हो ।
यस्तै सो मितिपश्चात एटिएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले १८ गतेदेखि आषाढ मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुनसक्ने बैंकले उल्लेख गरेको छ । सो अवधिमा यस बैंकको एटिएम कार्ड हिमालयन बैंक लिमिटेडको एटिएम टर्मिनलहरुबाट निर्वाध रुपमा निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 
साथै बैंकको कार्डलेस क्यास सुविधा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैंकले जनाएको छ । थप जानकारीका लागि बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नं ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा artha[email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal