
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै दोस्रो लहरको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा लगाइएको कोटा प्रणालीलाई फुकुवा बनाइएको जनाएको हो ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाईएको हो । यसअघि वैशाख १९ र जेठ १० गते जारी गरिएको निर्देशन खारेज भएको हो ।
यसअघि उपत्यकामा खुल्ने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म शाखा संचालन हुँदै आएको थियो । अब कोटा प्रणालीको व्यवस्था खारे गर्दै न्यून कर्मचारी राखेर न्यून शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिईएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्