
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । असार सात गतेपछि बैंकका सम्पूर्ण शाखा कार्यालय खुल्ने भएका छन् । कोरोनाको संक्रमण कम भएपछि निषेधाज्ञा खुकुलो हुँदै गएपछि फुलफ्लेज्डमा बैंकका शाखा कार्यालय खुल्ने भएका हुन् । बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति भएको हो ।
अहिले बैंकहरुले आलोपालो सेवा दिईरहेका छन् । बैंकका शाखा पनि २ बजेसम्म मात्र खुलिरहेका छन् । ५० हजारभन्दा कम रकम पनि जम्मा गरिने भएको छ । यसअघि बैंकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो ।
बैंकका सम्पूर्ण शाखा खुल्दा आम सेवाग्राहीलाई पनि सहज हुने भएको छ । र बैंकमा भिडभाड पनि कम हुनेछ । यसअघि पालोपालो शाखा खुल्दा सेवाग्राहीहरुलाई असजिलो परिस्थिति बनेको थियो । यता अब मालपोत कार्यालय खुलेमा ऋणको काम पनि हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्