Skip to content
LAXMI SUNRISE BANK

कसैलाई पनि बैंकको विवरण नदिन बैंकर्स संघको आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले होसियारीपुर्वक बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई चिठ्ठा परेको भन्दै ठगी कार्य बढेको भन्दै संघले बचेर कारोबार गर्न आग्रह गरेको हो । 
संघले चिठ्ठा परेको र रकम पठाउन खाता/व्यक्तिगत विवरण माग गर्ने तथा  सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड कसैलाई पनि आदान-प्रदान नगर्न भनेको हो । 
संघले पछिल्लो समय अनधिकृत व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुलाई चिठ्ठा परेको बहानामा ग्राहकहरुको खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने क्रियाकलाप भईरहेको हुँदा यस्तो आग्रह गरेको हो । साथै ठगीको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK