×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिजी ब्राण्डको डिसवासर बजारमा, भाँडाहरु १४ मिनेट मै सफा हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिजी ब्राण्डको डिसवासर बजारमा, भाँडाहरु १४ मिनेट मै सफा हुने

Artha Sarokar

२८ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिजीले हालै नेपाली बजारमा आफ्नो घरायसी सामग्री डिसवासर ल्याएको छ । कम्पनीले सहुलियत मूल्यमा आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो । यी डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरु भएकाले यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीको दावी छ ।
यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गरी आफ्नो भाँडाहरुलाई सफा गर्न सकिनेछ । यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।
स्टिम वासको सहायताले कट्कटिएका भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरी हाईजिनिक राखी सफा गर्न सक्ने क्षमता छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ । यो विशेषताको कारण धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावाभित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।
यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरी भाँडा धुन सकिनेछ । यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ । अब डिसवासरको खरिदमा तपाईले १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाइनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी