
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । कम्पनीले भक्तपुुर नगरपालिकाद्धारा स्थापित प्रकोप व्यवस्थापन कोषलाई ३ लाख १ हजार रुपियाँ आर्थिक सहयोग गरेका हो ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शिखरले उक्त आर्थिक सहयोग उपलब्ध गराएको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बताएका छन् ।
साथै संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला सिसिटिभी समितिलाई ७५ हजार रुपियाँ आर्थिक सहयोग पनि गरेको छ । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको यो सहकारीले बचत तथा ऋण परिचालनका अतिरिक्त सुपथ मुल्यमा कृषकहरूलाई पावर ट्रेलर, मिनि ट्रेलर, पम्प लगायतका कृषि कार्यका लागि आवश्यक पर्ने विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरणहरू विक्री वितरणको कामसमेत गर्दै आइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्