
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ जोरपाटीमा रहेको बोधिसत्व इन एक्सन (बिआइए) नामक अशक्त व्यक्तिहरुलाई आश्रय प्रदान गर्ने गैरसरकारी संस्थालाई अशक्त माथि नै श्रम शोषण गरेको आरोप लागेको समाचार सार्वजनिक भएपछी आफुहरुलाई मिडियामा किन कुराकानी गरेको भन्दै धम्की आएको पीडीतहरुले गुनासो गरेका छन् । शारीरिक रुपमा अशक्त व्यक्तिहरुको आश्रय स्थलका लागि स्थापना गरिएको यस संस्थाले प्रत्यक्ष रुपमा आश्रय प्रदान गरेजस्तो देखिए पनि आन्तरिक रुपमा अशक्तहरु माथि नै चरम श्रम शोषण गरेको भन्दै यसअघि पीडीतहरुले यसविरुद्ध आवाज उठाईदिन भन्दै मिडियाको सहयोग मागेका थिए । सोहि अनुसार संचारमाध्यममा यस विषयमा समाचारसमेत सार्वजनिक भएको थियो । तर समाचार सार्वजनिक भएपछी आफुहरुलाई संस्थाबाट निकालिदिने धम्की आएको पीडीतको गुनासो छ ।
न्याय माग्दा उल्टै भएको चीज पनि गुम्ने डर भो, लगातार धम्की आयो के गरौँ ? : पीडीत
यता आफुलाई निकै कम पारिश्रमिक दिएर देशको प्रचलित श्रम ऐनको समेत धज्जी उडाईएको भन्दै मिडियाको सहयोग माग्दा, समाचार आएपछि उल्टै आफुलाई धम्की आएको पीडीतको गुनासो गरेका छन् । ‘त्यो मिडियामा हाम्रो कुरा लगाउने को हो ? त्यसको पहिचान मात्र होस्, के गर्नुपर्छ मलाई थाहा छ, भन्ने शैलीको धम्की आएको छ । मिडियासंग कुराकानी गरेको थाहा हुने केहि साथीहरु पनि चिन्तित छन् । कतिपय साथीहरुलाई यस्तो समाचार लेख्ने मिडियामा गएर अव धर्ना बस्नुपर्छ । उनीहरुको समाचारमा गएर समाचार झुटो हो भनेर कमेन्ट गर्नुपर्छ, होइन भने म एक एक गरी सबैलाई निकाल्छु भनेर व्यवस्थापकबाट धम्की आएको छ ।’ पीडीतले अर्थ सरोकार डटकमसँग भने, ‘जसरी हुन्छ पत्ता लगाएर तिमीहरुलाई के गर्नुपर्छ, मैले जानेको छु भन्दै धम्की आएको छ । मिडियालाई किन्न खोजिएको छ, अन्यायमाथि अन्याय भएको छ, त्यसमाथि थप अन्याय हुने भो, कृपया सहयोग गरिदिनुपर्यो ।’

रिम्पोछे भन्छन् , ‘ध्यानमा छु, अफिसमा सोध्नुस् ‘ व्यवस्थापक भन्छन्,’कमजोरी सुधार्ने पहल सुरु गरिसकेको छु’
पीडीतको गुनासो र गुनासाबारे समाचार लेख्दा थप धम्की आएकोबारे हामीले सो संस्थाका मुख्य संस्थापक छोग्याल रिम्पोछेसँग बुझ्ने प्रयास गरेका थियौं। तर सुरुमा राम्रैसँग कुराकानी सुनेका उनले श्रम शोषणको कुरा आएपछि आफु ध्यानमा रहेको र अफिसमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
त्यसपछि हामीले सो संस्थाका व्यवस्थापक गोकर्ण ढुंगानासँगसमेत कुराकानी गर्यौं। उनले भने श्रम ऐन अनुसार काम नभएको भन्ने खबर अर्थ सरोकारले प्रकाशन गरेपछि आफुले यस विषयमा श्रम विभागमा बुझ्न र कानुन अनुसार गर्न आफ्ना कानुनी सल्लाहकारलाई निर्देशन दिइसकेको दाबी गरेका छन् । ‘जानेर केहि गल्ती गरेको छैन । केहि कमी कमजोरी नजानेर पक्कै भएका होलान् । श्रम ऐन विपरित काम गराईएको भन्ने कुरा सुन्नेबित्तिकै मैले यस विषयमा बुझेको थिएँ । खास कुरा के हो भन्ने अझै पत्ता लगाईसकेको छैन । तर कानुन विपरित केहि काम भएको रहेछ भने हामी तुरुन्त सुधार्नेछौं ।’
संस्थाको समाचार आएपछि पीडीतहरुलाई झन् धम्की दिएकोबारे प्रश्न गर्दा भने उनले त्यसो नगरिएको दाबी गरे । ‘त्यो समाचार आएपछि म अफिस नै गएको थिइन । अस्ति एक पटक गएको हो, तर कसैलाई धम्की दिएको छैन । बरु त्यहाँका विद्यार्थीहरुले नै उल्टै यस्तो समाचार आयो, के गर्ने, बरु मिडिया घेर्न जाउँ भनिरहेका छन् । हामीले आवश्यक कानुनी उपचारसमेत सुरु गरिसकेका छौं । केहि समयमा खण्डन पठाउने, प्रेस काउन्सिलमा उजुरी गर्ने काम अव हुनेछ ।’

तर ढुंगानामाथि अपांगहरुलाई देखाएर अकुत सम्पत्ति कमाएको आरोप चौतर्फी छ । यसबारेमा उनी भन्छन् , ‘बाहिर मैले यो संस्थामा काम गरेर घर बनाएँ भन्ने चर्चा छ, तर मेरो काठमाडौँमा घर नै छैन । महँगो शैलुनमा गएर कपाल काट्छ भन्ने चर्चा रहेछ, खासमा मेरो तालु खुईलिइसकेको छ, कपाल नै छैन के काट्नु ?’
तर पीडीतहरुले भने लगातार व्यवस्थापकबातट धम्की आइरहेको बताईरहेका छन् । ‘हामीलाई मिडियामा गएर अव तिमीहरुले धर्ना दिनुपर्छ, यस्तो समाचार आउने मिडियाको विरोधको काम गर्नुपर्छ । होइन भने सबैलाई एक एक गरी ठिक पार्छु भन्ने धम्की आएको छ ।’ पीडीत भन्छन् , ‘हामीले भनेको अनुसार गरेनौं भने लात हानेर निकाल्छु भनेका छन्, हामीलाई सार्है तनाव भएको छ । आफुले गरेको श्रमको मूल्य माग्दा थप समस्यामा पार्न खोजिएको छ ।’
https://arthasarokar.com/2021/06/BIA.html
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्