
विराटनगर । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर बिरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्