
काठमाडौं । एउटा दुर्घटनामा किया सेल्टोस् गाडी दुई टुक्रा भएको छ। एसयुबीको गाडीको पछाडीको सिटमा बसेका तीन जनाको घटनास्थलमै मृत्यु भयो भने चालकसहित अगाडी बसेका व्यक्तिहरु गम्भिर घाइते् भएका छन् । दुर्घटनामा गाडी दुईटुक्रा भएका तस्विर अहिले इन्टरनेटमा व्यापक सेयरिङ भइरहेको छ। एसयूभी गाडी सेग्मेन्टमा राम्रै चर्चा कमाएको यस गाडीको बनावटमा नै शंका उब्जेको छ।
विवरणअनुसार सडकमा मोटरसाइकल चालकलाई बचाउन खोज्दा उक्त दुर्घटना भएको थियो । सन् २०१९ को अगष्टमा भारतमा किया सेल्टोस् लञ्च गरिएको हो । अहिले भारतमा धेरै विक्री हुने गाडीको सूचीमा रहेको यो गाडीको विक्रिीमा असर पर्ने जनाइएको छ। यो गाडी नेपालमा ७६ लाखसम्म पर्छ। पछिल्लो समय यो गाडीले नेपालमा पनि व्यापक बिक्रि भएकोमा पर्छ।
दुर्घटना ११ जुनमा भारतको मध्यप्रदेशस्थित नागपुर सडक खण्डमा भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्