×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीजी कम्युनिकेसन्सले उपत्यकामा सुरु गर्यो इन्टरनेट सेवा, सबैभन्दा छिटो र सबैभन्दा सस्तो मूल्यमा उपभोग गर्न पाइने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

सीजी कम्युनिकेसन्सले उपत्यकामा सुरु गर्यो इन्टरनेट सेवा, सबैभन्दा छिटो र सबैभन्दा सस्तो मूल्यमा उपभोग गर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सीजी कम्युनिकेसन्सले इन्टरनेट सेवा सुरु गरेको छ । सीजी कम्युनिकेसन्सले जेठ १८ गते मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको हो । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीको दाबी छ । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार हुने विश्वास कम्पनीको छ ।
सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताएका छन् । सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो । जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने कम्पीले जनाएको छ ।
भिडियो, ओटीटी प्लेटफर्म, वर्क फ्रम होम, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ । कम्पनीको अनुसार तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका यो सेवा उपलब्ध हुने भएको छ । कम्पनीको अनुसार १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । 
नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी http://www.cgnet.com.np मा उपलब्ध छ । कम्पनीको हाल ग्राहक सेवा केन्द्र शाखा जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् । कम्पनीले वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरेको छ । यस्तै मासिक ३ महिने र ६ महिने प्याकेजको लागि जडान र केबल निःशुल्क गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: