×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सीआइटी र नेसनल लाइफ इन्स्योरेन्सको सेयर पुनः लिलामीमा, कसको भाउ कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको ३ लाख ७६ हजार ३६५ कित्ता संस्थापक सेयर पनि आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले नेसनल लाइफ इन्स्योरेन्स २५ हजार ९९६ कित्ता र  नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १२०० रुपैयाँ र नेसनलमा न्यूनतम ४१० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने असार २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: