
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वाणिज्य बैंकहरुले जेठ मसान्तमा २७ अर्ब रुपैंया निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले जेठ मसान्तमा २७ अर्ब रुपैंया निक्षेप संकलन गरेका हुन् ।
यस्तै बैंकहरुले यस अवधिमा ३१ अर्ब रुपैंया कर्जा लगानी गरेका छन् । जुन वैशाख महिनाको तुलनामा जेठमा बैंकहरुको निक्षेप संकलन १६ अर्ब रुपैंयाले बढेको र कर्जा लगानी झण्डै ७ अर्ब रुपैंयाले घटेको हो । वाणिज्य बैंकहरुले वैशाख महिनामा कुल ११ अर्ब रुपैंया निक्षेप संकलन गरी ३८ अर्ब रुपैंया कर्जा लगानी गरेका थिए ।
गत फागुन मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ३८ खर्ब २६ अर्ब रुपैंया र कर्जा ३४ खर्ब १२ अर्ब रुपैंया रहेकोमा चैत मसान्तमा उक्त रकम क्रमशः ३९ खर्ब ४४ अर्ब र ३५ खर्ब ७३ अर्ब रुपैंया पुगेको थियो । यस आधारमा चैतमा मात्र १ खर्ब १८ अर्ब रुपैंया निक्षेप संकलन भई १ खर्ब ६१ अर्ब रुपैंया कर्जा परिचालन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्