×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुद्वारा १२ अर्ब निक्षेप संकलन, ८ अर्ब रुपैयाँ कर्जा लगानी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुद्वारा १२ अर्ब निक्षेप संकलन, ८ अर्ब रुपैयाँ कर्जा लगानी !

Artha Sarokar

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो समयमा निक्षेप संकलन बढ्न थालेको छ । गत एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन कर्जा लगानीभन्दा बढेको छ । गत साता २७ वाणिज्य बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी भने ८ अर्ब रुपैयाँले बढेको छ । 
अघिल्लो साता निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको थियो भने कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको थियो । जेठ २१ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३९ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । 
जेठ २१ गतेसम्मको कर्जा विस्तार तथा निक्षेप संकलनका आधारमा वाणिज्य बैंकहरुको सिसिडी रेसियो ७९.०३ प्रतिशत रहेको छ । जेठ दोस्रो साताको अवधिमा भने ७८.९० प्रतिशत थियो ।झन्डै डेढ महिनादेखि अधिकाशं स्थानमा निषेधाज्ञा जारी रहेको छ । यस अवधिमा बैंकहरुले आलोपालो सेवा दिइरहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी