
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । असार २५ गते कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो वार्षिक साधारणसभा डाकेको छ । बैंकले सभा प्रधान कार्यालय वीरगञ्जमा बिहान ७.३५ बजे बोलाएको हो । सभामा बैंकले आफ्नो कार्यक्षेत्र बारा, रौतहट, सर्लाही र महोत्तरी थप गर्ने एजेन्डा पेश गर्नेछ ।
सभामा मकवानपुर र काभ्रे क्षेत्रलाई हटाउने प्रस्ताव पनि छ । बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । बैंकले लाभांश प्रस्तावको एजेन्डा भने सभामा राखेको छैन । साथै सभामा २०७६/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् ।
यस्तै लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । सभाको लागि बैंकले असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्