
- अर्थ सरोकार सम्बाददाता
दाङ । सुनका गरगहना तथा ९८ हजार नगद लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले लमही नगरपालिका-७ कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई आइतबार पक्राउ गरेको हो ।
बुढाले दाङको लमही नगरपालिका–७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालकसहित ४ जनाको सुनका गहना, ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट गरेको थिए ।
सोहि ठाउँस्थित संम्राट सिमेन्ट कम्पनीतर्फ जाने बाटोको जंगलमा बुढासमेत ३ जनाले भाला, हुकलगायतका हतियार देखाई उक्त गहना र नगद लुटपाट गरेका थिए । लुटपाटमा संलग्न फरार २ जनाको खोजी हुनुको साथै बुढामाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्