- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृशोक परेको छ ।
उनकी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको थियो । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरोस् भन्ने कामना इन्स्योरेन्स कम्पनीले व्यक्त गरेको छ ।