×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि प्रधान देशमा वार्षिक १० लाख टन चामल नै अपुग, धान दिवशका अवसरमा यसो भन्छन् कृषिमन्त्री नेम्वाङ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कृषि प्रधान देशमा वार्षिक १० लाख टन चामल नै अपुग, धान दिवशका अवसरमा यसो भन्छन् कृषिमन्त्री नेम्वाङ (भिडियो)

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवश । देशभर राष्ट्रिय धान दिवश मनाइँदैछ । कोरोना संक्रमणको जोखिमबीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिबिध कार्यक्रममको आयोजना गरिएका छन् । आर्थिक बर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बिभागले बताएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७औं स्थानमा पर्छ । यसै सन्दर्भमा कृषि तथा पशुपंक्षी विकाश मन्त्रि बसन्त कुमार नेम्वांगले शुभकामना संदेश दिदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गर्नु भएको छ । आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र सम्वृद्धि हाशिल गर्न सहयोग गर्ने विश्वाश लिएको कृषि मन्त्रि नेम्वांगले बताउनु भयो ।
गत वर्ष धान उत्पादनमा वृद्धि भए पनि अझै नेपाल चामलमा आत्मनिर्भर बन्न सकिरहेको छैन । नेपाललाई कृषि प्रधान मुलुकका रूपमा लिइए पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् भएको विज्ञहरूको भनाइ छ । कृषि मन्त्रालयका अधिकारीहरूको अनुसार नेपाललाई वार्षिक १० लाख टन अपुग हुन्छ । नेपालमा उत्पादन हुने बाली मध्ये धान सबैभन्दा बढी प्रयोग हुने खाद्यान्न रुपमा रहेको छ । धान नेपालीको संस्कार र संस्कृति सँग जोडिएको भए पनि उत्पादन अनुपात घटेर आयात बढेको अवस्था छ । 
यद्यपि सरकारले नेपालीहरूको मुख्य खाद्यान्नका रुपमा प्रयोग हुँदै आएको धान चामलमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएको छन् । साथै, आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने बताएको छ । आजकृषि बिभाग १८ औं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सवको कार्यक्रम खुमलटारस्थित कृषि अनुसन्धान परिषद् खेतमा गरेको छ । यसबाहेक धान उत्पादन हुने सबैजसो जिल्लाहरुमा धान दिवशको कार्यक्रम हुने विभागले जानकारी दिएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: