×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डद्वारा दश महिनामा ४० अर्बको धितोपत्र निष्काशनको अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डद्वारा दश महिनामा ४० अर्बको धितोपत्र निष्काशनको अनुमति

Artha Sarokar

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दश महिनामा कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले २०७८ वैशाख मसान्तसम्ममा १७ अर्ब ५४ करोड बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड बराबरको हकप्रद सेयर गरी कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनका लागि सम्बन्धित कम्पनीहरुलाई निष्काशनका लागि अनुमति दिएको नेपाल राष्ट्र बैंक तथ्याङ्कमा उल्लेख छ । 
यता यस अवधिमा नेप्सेमा ३ खर्ब २७ अर्ब ४० करोड रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको छ । जसमध्ये २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र रहेको छ भने ३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस शेयर, ४१ अर्ब ३३ करोड बराबरको आईपीओ र १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर नेप्सेमा सूचिकृत  भएको छ । 
यस्तै चालु आवको दश महिनामा ५ अर्ब ५२ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्डको इकाई सूचिकृत भएको हो । नेप्सेमा २०७८ बैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड कित्ता शेयरको चुक्ता मूल्य ५ खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ रहेको छ । वैशाखसम्म नेप्सेमा सूचिकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी