×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनरल इन्स्योरेन्सका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जनरल इन्स्योरेन्सका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा भएको छ । बीमा समितिले गत वैशाख ३ गते उनलाई निलम्बन गरेको थियो । समितिले नियमभन्दा बढी रकम विभिन्न कम्पनीको सेयमा लगानी गरेको भन्दै निलम्बन गरेको थियो । 
कम्पनीको सञ्चालक समितिबाट हिनामिना भएको सम्पूर्ण रकम कम्पनीको खातामा डिपोजिट गरिसकेको पत्र आएपछि समितिले अग्रवालको निलम्बन फुकुवा गरिएको समितिले जनाएको छ ।
समितिले चैत २२ र २३ गते कम्पनीको स्थलगत निरिक्षणका क्रममा अग्रवालले लगानी समितिको संयोजकका हैसियतले विभिन्न अनियमितता भएको भन्दै उनलाई निलम्बन गरेर स्पष्टिकरण माग गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: