- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको असार १४ गते बसेको बैठकले मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्षमा नियुक्त गरेको हो । उनले आजै नेप्सेमा पदबहाली गरेका छन् ।
उनी अर्थ मन्त्रालयका सहसचिव पनि हुन् । नवनियुक्त अध्यक्ष मैनालीलाई नेप्सेका सीईओ चन्द्रसिंह साउद, सञ्चालक तथा नेप्सेका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।