
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिसहोमले प्रभु टिभी किनेको छ । प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको डिसहोमले डेढ लाख भन्दा धेरै ग्राहक भएको उक्त टिभी किनेको हो । केहि समय भित्रै प्रभु टिभीका ग्राहकले डिसहोमको सुविधा पाउने कम्पनीले जनाएको छ । डिसहोमले टेलिभिजनका साथै फाइबर नेटको पनि सुविधा प्रदान गर्दै आइरहेको छ ।
हाल डिसहोमका १९ लाख भन्दा धेरै ग्राहकहरु रहेका छन् । प्रभुलाई प्राप्ति गरेसँगै डिसहोमका ग्राहक साढे २० लाख नाघ्ने छन् । डिसहोमले नेपाल धितोपत्र बोर्डमा २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्