
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिसहोमले प्रभु टिभी किनेको छ । प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको डिसहोमले डेढ लाख भन्दा धेरै ग्राहक भएको उक्त टिभी किनेको हो । केहि समय भित्रै प्रभु टिभीका ग्राहकले डिसहोमको सुविधा पाउने कम्पनीले जनाएको छ । डिसहोमले टेलिभिजनका साथै फाइबर नेटको पनि सुविधा प्रदान गर्दै आइरहेको छ ।
हाल डिसहोमका १९ लाख भन्दा धेरै ग्राहकहरु रहेका छन् । प्रभुलाई प्राप्ति गरेसँगै डिसहोमका ग्राहक साढे २० लाख नाघ्ने छन् । डिसहोमले नेपाल धितोपत्र बोर्डमा २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्