×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

डिशहोमद्वारा २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको इन्टरनेट सेवा दिन सुरु, ग्राहकले १० एमबिपीएको इन्टरनेट सित्तैमा पाउने

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा डिटिएच टिभीको सेवा दिइरहेको डिश होम नेटवर्कले २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको इन्टरनेट सेवा दिन सुरु गरेको छ । कम्बो प्याकेजको रूपमा यस्तो सेवा दिन थालिएको डिस होमले जनाएको छ । कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार यो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क १० एमबीपीएस गतिको इन्टरनेट चलाउन सक्ने छन् । वार्षिक ७ हजार २०० अर्थात मासिक ५ सय तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिएका ग्राहकले यो सेवा पाउने छन् ।
मासिक ६ सय तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिएका ग्राहकले थप २३३ रूपैयाँ थप्दा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् । डिशहोमले प्रिमियम प्याकेजको मूल्य पनि महिनाको ७ सयबाट ६ सयमा झारेको छ । यसमा महिनाको २३३ रूपैयाँ थप तिर्दा २५ एमबीपीएसको इन्टरनेट पाउन सकिने छ । डिशहोमको यो इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्र पाउन सकिने छ । फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरुमा विशेष छुट दिँदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal